कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका परिमार्जन

नेपालखोज २०७८ असोज ७ गते ८:३३

काठमाडौं । नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय गरेको छ ।

प्रभावशाली नेताहरूको बैेठकले चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय गरेको हो ।

बैठकमा असोज ९ गतेका लागि निर्धारण भएको पालिकास्तरीय अधिवेशन यथावत राख्दै अन्य कार्यतालिका दशैं पछि सार्ने निर्णय भएको छ ।

बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको बताइएको छ ।

प्रतिक्रिया