उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन
नेपालखोज
२०७८ असोज ७ गते ९:४८

काठमाडौं । काठमाडौं उपत्यकामा बजार अनुगमन आजबाट (बिहिबार)बाट सुरु गरेको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन् । सो टोलीले खाद्यान्न, तरकारी, मासु, औषधि लगायत विभिन्न बजार र पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने बताइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि अनुगमन टोली खटाउने तयारी गरेको छ ।
चाडवाडमा उपभाेक्ता बढि ठगिने भएकोले बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
सम्बन्धित

प्रतिक्रिया