समलैंगिक विवाहलाई स्वीजरल्याण्डमा मान्यता
नेपालखोज
२०७८ असोज ११ गते ११:०२

काठमाडौं । समलैंगिक जोडीले स्वीजरल्याण्डमा विवाह गर्न पाउने भएका छन् । यो सँगै अब उनीहरूले धर्मपुत्र, धर्मपुत्री राख्न पाउनेछन् भने नागरिकता पनि प्राप्त गर्नेछन् ।
समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका थिए ।
स्वीट्जरल्याण्डले पश्चिमी युरोपका अन्य देश समान समलैंगिक जोडीलाई यो अधिकार दिने भएको छ ।
यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइएको थियो भने अब विवाहको अनुमति पनि दिइने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया