बुद्ध एयरको पांग्रा नखुलेपछि…

नेपालखोज २०७८ असोज ११ गते ११:१६

काठमाडौं । एनआई कलसाइन भएको बुद्ध एयरको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागी उड्यो । जब विराटनगर पुगेर ल्याण्ड गर्ने तयारी भयो तर, दायाँ पट्टिको पांग्रा खुलेन । सबैलाई तनाब भयो ।

विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएपछि आकाशमै केहीबेर फन्को लगाएर प्रयास पनि भयो । तर, अवस्था उस्तै भएपछि पुनः काठमाडौं फर्कियो र सुरक्षिता अवतरण गराइयो ।

बुद्ध एयरका दिपेन्द्र कर्णले भने ‘समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा थियौँ तर सफलतापूर्वक ल्याण्ड भएको छ ।’

विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।

प्रतिक्रिया