बिहीबार, जेठ २, २०८२

मेस्सीको गोलले म्यानचेस्टर सिटी पराजित

नेपालखोज २०७८ असोज १३ गते ७:०२

काठमाडौं । पीएसजीद्धारा म्यानचेस्टर सिटी २–० गोल अन्तरले पराजित भएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको हो ।

घरेलु टोली पीएसजीले गुआईको गोलबाट अग्रता लिएको थियो । त्यस्तै खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले २–० को अग्रता बनाएको थियो । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् । साथै नयाँ सिजनमा पीएसजीका लागि अहिलेसम्म चार खेल खेलेका मेस्सीले पहिलो गोल गरेका हुन् ।

च्याम्पियन्स लिग फुटबलमा गयराती भएका खेलमा रियल मड्रिड र एसी मिलान पराजित भएका छन् । रियललाई सेरिफले र एसी मिलानलाई एट्लेटिको मड्रिडले समान २–१ गोलले हराएको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले स्पोर्टिङलाई १–० ले हराएको छ । सख्तर डोनेस्क र इन्टरमिलानले गोलरहित बराबरी खेलेका छन् ।

त्यस्तै अजाक्सले बेसिक्टासलाई २–० ले हराएको छ । पोर्टो लिभरपुलसँग फराकिलो अन्तरले पराजित भएको छ । लिभरपुलले पोर्टोलाई ५–१ गोलले हरायो । त्यस्तै जर्मन क्लब आरबी लाइबजिग घरेलु मैदानमा क्लब बुर्जसँग २–१ ले पराजित भएको छ ।

प्रतिक्रिया