‘भारत र चीनका माग सम्बोधन गर्न प्रतिवद्ध छाैँ’

नेपालखोज २०७८ असोज १५ गते १४:५६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे । उनले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

शुक्रबार (आज)बाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कसैसँग पनि भैरभाव नराख्नू आफ्नो पार्टीको विदेश नीति भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘हाम्रो विदेश नीतिको सार राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन गर्दै सबैसँग मित्रता कायम गर्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’

प्रतिक्रिया