‘राष्ट्रलाई कसरी अघि बढाउने भन्नेबारे सबैले सोच्ने बेला आएको छ’

नेपालखोज २०७८ असोज १५ गते १८:०४

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताएकी छन् । शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताइन् ।

उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन् । युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तौर तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताए ।

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नु पर्ने बताइन् । उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन् ।

पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन् । उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन् ।

प्रतिक्रिया