बिहीबार, वैशाख १३, २०८१

बिह्नाबीको यादहरूको सङ्ग्रहालय

नेपालखोज २०७८ असोज १७ गते १२:५४


काठमाडौं । युवाकवि केबल बिह्नाबीको पहिलो कविताकृति सार्वजनिक भएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा उनको नवीनतम कविताकृति यादहरूको सङ्ग्रहालय सार्वजनिक भएको हो ।

सार्वजनिक कविताकृतिमाथि कार्यक्रमका प्रमुख अतिथि प्रशिद्ध कवि एवम् गीतकार भूपाल राई, राजनीतिक विश्लेषक एवम् लेखक राजेन्द्र महर्जन र लेखक एवम् अधिकारकर्मी पवित्रा सुनारले सामीक्षात्मक विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रशिद्ध कवि एवम् गीतकार भूपाल राईले पुस्तक सार्वजनिक कार्यक्रम कविताको सौन्दर्य र विषयमाथि टिप्पणी गर्ने थलो बनाउनु नहुने जिकिर गरे ।

भाषाको सेवा गर्ने जिम्मा कविको नभई भाषाशास्त्रीहरूको भएको बताउँदै कविले जुनसुकै भाषा र सौन्दर्यका कविता लेख्न सक्ने बताए । उनले उन्मुक्त आन्दोलनका अभियन्ता भएका कारण विह्नाबीका कविता सार्थक काव्यिक राजनीति भएको दाबी गरे ।
केवल विह्नाबी एक शिक्षित अध्ययता र सचेत अभियानकर्ताले लेखेको भएर पनि यादहरूको सङ्ग्रहालयभित्रका कविताले वर्गीय, पितृसत्ता, भौगोलिकलगायतका विभेदको सघन स्वर बुलन्ध गर्दै तिनको अन्त्यका लागि प्रतिरोधी भएको बताए ।

कविताकृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै अर्का वक्ता राजेन्द्र महर्जनले विह्नाबीका कविता विविध यादहरूको सङ्ग्रह भएको बताए ।

जीवन र जगतमा छरिएर रहेका विविध स्मृतिहरू सङ्कलन र तिनको विस्तृत प्रस्तुति युरेपेली र आर्यसमाजमा पहिलेदेखि हुँदैआएको भन्दै कवि विह्नावीले युगले बहस र विषयका हिसाबले छोडिएका स्मृतिहरूको सङ्कलन गर्दै तिनका यादहरूलाई सङ्ग्रहालयमा उनेको दाबी गरे ।

उनले धर्म, वर्ण, भाषा वा जातिभित्र छिरेर त्यहाँभित्र विद्यमान विसंगतिलाई प्रतिरोधी चेतनाले कवितामा प्रस्तुत गर्नु प्रशंसनीय कार्य भएको बताए ।

त्यस्तै, कार्यक्रमका अर्का वक्ता धनकुमारी सुनारले विह्नाबीका कविता मूलत वैचारिक राजनीतिमा आधारित भएको बताइन् । उनले विह्नाबीका कविता वर्गको अन्त्य र समताको पक्षमा किनारिकृत, दलित र दमितहरूको पक्षमा उभिएको बताइन् ।

लैङ्गिक, जातीयलगायत सम्पूर्ण प्रकारका विभेदको अन्त्तका लागि कविता लेखिरहेका बिह्नाबीको यादहरूको सङ्ग्रहालय दलित, उत्पीडित, किनारिकृत र सबै प्रकारका विभेद सहिरहेकाको पक्षबाट काव्यिक विद्रोह भएको विचार प्रकट गरिन् । मुद्दाकेन्द्रित कवितासञ्चन भएपनि उनका कवितामा कहिँकतै निराशा र दोधार पनि प्रस्तुत भएको बताइन् ।

कार्यक्रममा चर्चित कवि एवम् उन्मुक्त अभियानका अभियन्ताहरू केशव युवाकवि प्रेमिला राई र मुक्तान थेवाले कविताकृतिभित्रको कविता प्रस्तुत गरेका थिए भने लेखक, समीक्षक एवम् उन्मुक्त अभियानका अभियन्ता माधव घिमिरेले उन्मुक्त आन्दोलन काव्यिक राजनीति भएको जिकिर गर्दै सम्पूर्ण विभेदको अन्त्यका लागि अभियान चलाइरहेको बताए ।आयोजक फिनिक्स बूक्सका गणेश घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया