२ सय ७ पाकेटमार पक्राउ, पाकेटमारको कोड भाषा कस्तो हुन्छ ?

काठमाडौं । प्रहरीले २ सय सात जना पाकेटमारहरुलाई पक्राउ गरेको छ । काठमाडौं परिसरद्वारा विशेष अभियान संचालनगरि सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने दुुई सय सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजिवन सामान्य तुल्याउन र देश विदेशबाट महान चाँड दशै तिहार मनाउन घर फर्कनेहरुको सवारी साधनमा पाकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पाकेटमारी हुन सक्ने भएकोले नेपालीहरुको महान चाड दशै तिहारमा हर्सोउल्लास मनाउन पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन विशेष अभियान सुरु गरेको छ ।
सोही क्रममा काठमाडौंको रिङरोड वाहिर र भित्रि ईलाकामा चल्ने सार्बजनिक यातायातहरु सपिङ्ग महल , मुख्य मुख्य मार्केटहरुमा पाकेटमारी हुन गर्न नदिन मिति २०७८–०५–२५ गते देखी मिति २०७८–०६–१५ गतेसम्म यातायात व्यवसायीहरुसंग सहकार्य गरि सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराई तथा वजारहरुमा परिचालन गरी विभिन्न स्थानना सञ्चालित वस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे रङ्गे हात तथा पटके पाकेटमारहरु २०७ जना पक्राउ गरि अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुई सय साता जना मध्ये एक सय ६१ जना अनुसन्धान भईरहेको, ४६ जना अनुसन्धान पुरा भई सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा बुझाउदा कारागार चलान भएको परिसरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २-२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने देखिएको छ ।
पकेटमारहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने । पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा : ( पैसा – द , मोवाईल – कान, पकेटमारी पिडित – रामे, पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द , गाडी –कांचा, केटा – छापा, केटी –भद्रि पुलिस आयो ठल्दाई आयो , ड्राईभर – माम, खलासी– मले गाडीवाट झरेर भाग– टप्की, गाडी भित्र अगाडी सर – अकल जा गाडी भित्र पछाडी सर – चिछल जा लगायातका कोड भाषाहरु प्रयोग गर्ने गरेको अनुुसन्धानबाट खुुलेको छ ।
प्रतिक्रिया