ईपीएलमा आजको पहिलो खेलमा भैरहवाको जित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज ( सोमबार) भएको पहिलो खेलमा भैरहवाले चितवनलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनको लक्ष्य दिएको थियो । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य भैरहवा ग्लाडियटर्सले चार विकेट गुमाएर १३ बल बाँकी छँदै पूरा गर्यो ।
ब्याटिङमा भैरहवाका प्रदीप ऐरीले ७२ रन, तामिम इकबलले ४० र उपुल थारङ्गाले ३९ रनको योदान दिए । बलिङमा भैरहवाका अविनाश बोहराले तीन र कुशल मल्लले दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको चितवनका करिम जनतले ३५, मोहम्मद शहजादले ३२ र सेकुगे प्रसन्नाले २४ रनको योगदान दिए । बलिङतर्फ चितवनका करिम जनतले दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले समान एक–एक विकेट लिए ।
आजको जितसँगै भैरहवा ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । चितवनको भने आठ अंक छ । चितवनले यसअघिको खेलबाट क्वालिफायरको यात्रा तय गरिसकेको छ ।
दोस्रो खेलमा अहिले काठमाण्डौ किङस इलेभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा भईरहेको छ । यो समाचार तयार पर्दासम्म पहिले ब्याटिङ गरेको काठमाडौंले पोखरालाई १८३ रनको लक्ष्य दिएको छ । पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया