संजीवराजा लगायत १८ जना सम्मानित

काठमाडौं । एबीसी टेलिभिजनका ब्रोडकास्टीङ म्यानेजर संजीवराजा श्रेष्ठ प्रेमध्वज बृहत विशेष सम्मान तथा साङ्गीतिक कार्यक्रम २०७८ बाट सम्मानित भएका छन् ।
उनलाई संचार माध्यममार्फत कला क्षेत्रलाई उजागर गर्न अतुलनीय योगदान गरेको भन्दै उक्त सम्मान गरिएको हो ।
कलास्टार अनलाइनको आयोजनामा गोल्डेन भ्वाइस अफ नेपालबाट सम्मानित गायक तथा संगीतकार स्वर्गीय प्रेमध्वज प्रधानको ४५औं दिनको पुण्यतिथिमा ‘प्रेमध्वज प्रधान कला स्टार अनलाइन प्रतिभाको खोजी २०७८’ बाट फाउण्डेशनले सम्मानित गरेको हो ।
प्रेमध्वज प्रधानको विशेष सम्झनामा समाज, कला र संगीतको क्षेत्रमा विशेष योगदान पु¥याएका १८ जनालाई समान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायक भुवन केसी, नायिका रेखा थापा, काठमाडौं महानरपालिका नगर प्रमुख विद्या सुन्दर शाक्य छन् ।
त्यसैगरी गायिकाहरु कुन्ति मुक्तान, ज्ञानु राणा, संगीतकार दिप श्रेष्ठदेखि सञ्चार उद्यमीसम्म छन् । कार्यक्रमका प्रमुख अतिथि सांसद रामविर मानन्धरले सबैलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया