आइतबार, वैशाख ३०, २०८१

बलिउडका तीन कलाकार नेपालमा !

नेपालखोज २०७८ असोज १९ गते ९:१८

काठमाडौं । बलिउडका तीन कलाकार नेपाल आएका छन् । फिल्म ‘उचाई’ को सुटिङका उनीहरु नेपाल आएका हुन् । सोमबार (हिजो) बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौं आइपुगेका छन् ।

बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताइएको छ ।

टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । फिल्म छायाँंकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले आज पशुपतिनाथको दर्शन गरेका छन् ।

मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ ।

प्रतिक्रिया