सोमबार, असार २३, २०८२

‘सामाजिक सुरक्षाकोषमा दर्ता नहुने निजी विद्यालयलाई मुद्दा हाल्छौंं’

नेपालखोज २०७८ असोज १९ गते १०:३७


काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का राष्ट्रिय अध्यक्ष होमकुमार थापाले योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै संस्थागत विद्यालय जानुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं महानगरपालिका–१७, खुसीबुस्थित ह्वाइट फिल्ड माध्यमिक विद्यालयमा भएको ह्वाइटफिल्ड एकाइ कमिटी पुनर्गठन कार्यक्रममाअध्यक्षथापाले कुनै निजीविद्यालयले अटेर गरे तिनै विद्यालयलाई प्रतिवादी बनाएर मुद्दा हाल्ने बताएका हुन् ।

साथै उनले संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले पनि आफ्नो अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्ने बताए ।

सो कार्यक्रममा इस्टुका केन्द्रीय उपाध्यक्ष नारायण पौडेलले पुनर्गठित एकाइ समितिका सम्पूर्ण पदाधिकारीलाई बधाई ज्ञापन गर्दै शिक्षक तथा कर्मचारीको पेसागत हक र अधिकारका लागि संगठित हुनुको विकल्प नरहेकोमा जोड दिए ।

लगानीकर्ताले नाफामा हुँदा पनि शिक्षक तथा कर्मचारीलाई कहिल्यै पेसागत सम्मानगर्न नसकेकोप्रति उनले आक्रोश पोखे । उनले विद्यार्थीको भविष्य निर्धारण गर्ने शिक्षक शिक्षिका आफैं आफ्ना हक र अधिकारबाट वञ्चित हुनु लज्जास्पद भएको बताए ।
कार्यक्रममा काठमाडौं जिल्ला इस्टु अध्यक्ष सुरेश भट्ट, जिल्ला सचिव भूपाल उप्रेती, ह्वाइटफिल्ड एकाइ कमिटी पूर्व अध्यक्ष बबिता प्रधान, पूर्व उपाध्यक्ष विमल चापागाईं लगायतले पुनर्गठित कमिटीका पदाधिकारीलाई बधाई दिँदै संस्थाका कार्यरत शिक्षक तथा कर्मचारीलाई एक हुन आग्रह गरेका थिए।

विद्यालयका अंग्रेजी शिक्षक उदय तामाङ अध्यक्ष रहेको पुनर्गठित एकाइ कमिटीको उपाध्यक्षमा भगवती प्रधान, सचिवमा समीर कट्टेल, सहसचिवमा सुशील ढुंगाना, कोषाध्यक्षमा सूर्यप्रसाद घिमिरे, सदस्यमा कमला जोशी, सुनिता नापित, सुनिता थापा रहेका छन् ।

त्यस्तै कमिटीको सल्लाहकारमा बबिता प्रधान, विमलकुमार चापागाईं, हेमराज भट्टराई र श्री प्रसाद शर्मा रहेका छन् । नवनियुक्त अध्यक्ष तामाङले आफ्नो काँधमा जिम्मेवारी थपिएको हुनाले संस्थामा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई नियुक्तिपत्र, ग्रेड वृद्धि, उपदानलगायत सेवा सुविधाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया