बिहीबार, जेठ २, २०८२

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

नेपालखोज २०७८ असोज १९ गते २१:३३

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई सरकारले निलम्बन गरी छानविन गरेको थियो । उनले सरकारलाई बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएको थियो । पछि बोनस समेत जोडेर अहिले रेबिकाको नाममा करिब १२ हजार कित्ता सेयर रहेको छ ।

पदको दुरुपयोग गर्दै छोरीको नाममा सेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो ।

प्रतिक्रिया