शुक्रबार, कार्तिक २३, २०८१

के जिराफ पनि लोप हुँदैछ ?

नेपालखोज २०८१ असोज १९ गते १६:४८

काठमाडाैं । पहेंलो-खैरो बुट्टा र लामो घाँटी अनि चम्किलो छाला भएको जिराफ संसारको सबैभन्दा अग्लो प्राणी हो । संरक्षण आवश्यक पर्ने जीवहरूको नाम याद गर्नुपर्यो भने सायद तपाईंले पनि जिराफलाई गन्नुहुने छैन । जबकि यसको जनसंख्या निरन्तर घट्दै गएको छ ।

जि फर जिराफ

जिराफसँगको हाम्रो परिचय हाम्रो बाल्यकाल सँगै सुरुभएको हो । अंग्रेजी वर्णमाला सिक्ने क्रममा हामीलाई सिकाइन्छ – जि फर जिराफ । यो एउटा शाकाहारी जनावर हो जसलाइ खानामा बबूलको पात मनपर्छ । यो प्रजातिको बिरुवा उष्णकटिबंधीय र उपोष्णकटिबंधीय क्षेत्रमा पाइन्छ । जिराफ पनि यहि हावापानीको प्राणी हो। अफ्रिकामा लगभग २१ वटा त्यस्ता देश छन्, जसलाई जिराफको प्राकृतिक घर मानिन्छ। यसका धेरै प्रजाति र उप-प्रजातिहरू पनि छन् ।

जिराफको जिब्रो यति उचाइमा कसरी पुग्छ ?

बबूलको बिरुवाको आकार अनौठो हुन्छ । यसको माथिल्लो भाग कसैले छाता समातेको जस्तो देखिन्छ। लामो घाँटीको सहायताले जिराफको जिब्रो सजिलैसँग यसको माथिल्लो भागसम्म पुग्छ। जिराफको जिब्रो पनि धेरै लामो हुन्छ। यसको लम्बाई १८ इन्च सम्म हुन सक्छ। हामी वयस्क मानिसको जिब्रोको औसत लम्बाइ ३ .१ इन्च (महिला) देखि ३.३ इन्च (पुरुष) मात्र हुन्छ ।

जिब्रोको वर्णन अझै बाँकी छ

यसको जिब्रोको मद्दतले चीजहरू समात्न वा आफै तर्फ तान्न मद्दत मिल्छ , हात्तीको सुढ जस्तै । आफ्नो विशेष जिब्रोको सहायताले यसले माथिल्लो हाँगाहरूमा भएका पातहरूलाई आफूतिर तान्छ । यसले काँडाहरूको बिचबाट पात मत्र लिन्छ र आफ्नो जिब्रोमा चोट पर्न नदिई खान्छ । जिराफको जिब्रोमा गम जस्तो एउटा विशेष तह पनि हुन्छ जसले जिब्रोलाई जोगाउन मद्दत गर्छ।

गजबको पाचन शक्ति

क्लिभल्याण्ड जुलोजिकल सोसाइटीका अनुसार जिराफको जिब्रो अन्य जनावरको भन्दा बलियो हुन्छ । जिराफ एकदमै लोभी प्राणी हो। यसलाई धेरै भोक लाग्छ र यो धेरैजसो समय खाने र पिउने काम मै ब्यस्त देखिन्छ । नेसनल जियोग्राफिकका अनुसार जिराफले एक दिनमा ४५ किलो पात र हाँगा खान सक्छ । एक दिनमा यति खाना खाएर पचाउनु पनि आश्चर्य कै कुरा हो ।

तिब्र गतिको धावक

छ फिट भन्दा बढि उचाइको मानिसलाई हामि अग्लो वा लम्बु भन्छौ । नेशनल ज्योग्राफिक सोसाइटीका अनुसार अग्लो मानिसको यो लम्बाई जिराफको खुट्टाको उचाइ बराबर मात्र हो । लामो खुट्टा भएकाले जिराफ करिब ५६ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ ।

उचाई को फाइदा पनि नोक्सानी पनि

आफ्नो उचाइका कारण यसले टाढैबाट खतरा वा शत्रु देख्न सक्छ । यसको लामो कदको एउटा बेफाइदा भनेको साना स्रोतबाट पानी पिउन गाह्रो हुनु तथा खुट्टा फैलाएर बस्नु पर्ने पनि हो । यस्तो अवस्थामा कहिलेकाहीँ यसमाथि ठूला प्राणीले पनि आक्रमण गर्न सक्छन् । यद्यपि जिराफलाई हरेक दिन पानी चाहिँदैन । यसको शरीरको तरल पदार्थको अधिकांश आवश्यकता पातले पूरा गर्छ।

सबैको आ-आफ्नै विशेष ‘ बुट्टा ‘

हामी मानिसहरूको औंठाछाप जस्तै सबै जिराफमा विशेष बुट्टा हुन्छ । यो निकै सामाजिक प्राणी मानिन्छ र सामान्यतया शान्तिपूर्वक बस्छ । जिराफको सुत्ने तरिका पनि निकै रोचक छ । यीनीहरू प्रायः उभिएरै सुत्छन् , भुईमा पल्टिएर बिरलै सुत्ने गरेको पाइन्छ । पोथी जिराफले पनि उभिई – उभिई बच्चा जन्माउँछ ।

थोरै निद्राले पुग्छ

सान डिएगो चिडियाखानाको वेबसाइटमा जिराफलाई लामो समय सुत्न आवश्यक नपर्ने कुरा बताइएको छ । जिराफ दिनभरमा पाँच मिनेटदेखि आधा घण्टा मात्र सुत्छ । तिनीहरू समुहमा सुतिरहेका बेला कसैले आक्रमण नगरोस् भनेर बथानको एउटा सदस्य भने जागा रहन्छ ।

के जिराफको जनसंख्या बढदैछ ?

जिराफको संख्या द्रुत गतिमा घट्दै गएको छ । वन्यजन्तु तथा जलवायु संकटसँग सम्बन्धित मुद्दाहरूमा काम गर्ने संस्था नेचुरल रिसोर्स डिफेन्स काउन्सिलका अनुसार जिराफले गम्भीर संकटको सामना गरिरहेको छ । पछिल्लो तीन दशकमा यीनको संख्या ४० प्रतिशतले घटेको छ ।

लोप हुने खतरा

जिराफलाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (IUCN) को रातो सूचीको पनि वलनरेबल (Vulnerable )श्रेणीमा राखिएको छ अर्थात् यीनीहरू लोप हुने खतरामा छन्। अनुमान अनुसार १ लाख १७ हजार जिराफ मात्र प्राकृतिक वातावरणमा बाँकी छन् । इन्टरनेशनल फण्ड फर एनिमल्सका अनुसार सन् २०१६ अघि यीनीहरु सबैभन्दा कम चिन्ता गर्ने प्राणीको श्रेणीमा थिए । घट्दै गएको प्राकृतिक बासस्थान र चोरी शिकार जिराफका लागि सबैभन्दा ठूलो खतरा साबित भैरहेको छ।

मानिसबाट खतरा

नेचुरल हिस्ट्री म्युजियमका अनुसार जिराफको छाला, मस्तिष्क र हड्डीको मासि जस्ता चीजका लागि यसको शिकार गरिन्छ । तान्जानियामा जहाँ यो राष्ट्रिय जनावर हो, धेरै मानिसहरू जिराफको सरिरको एक भागले एचआईभी-एड्स निको पार्न सक्छ भन्ने विश्वास गर्छन् । अफ्रिकाको कतिपय समुदायमा मासुका लागि पनि जिराफको शिकार गरिन्छ ।

प्रतिक्रिया