मारुती सुजुकीको नेक्स्ट जेनरेसन सेलेरियो, भिटारा ब्रिन्जा तथा एक्सएल सिक्स !

काठमाडौं । सबैभन्दा बढी बिक्ने भारतीय कार कम्पनी मारुती सुजुकीले चाँडै आफ्ना केही लोकप्रिय कारको नेक्स्ट जेनरेसन मोडल लन्च गर्ने भएको छ । जुन अझ राम्रो लुक र फिचर्सले सुसज्जित हुनेछ ।
समाचारअनुसार मारुती सुजुकीले नेक्स्ट जेनरेसन मारुती सुजुकी सेलेरियो, न्यु मारुती सुजुकी भिटारा ब्रिन्जा तथा मारुती सुजुकी एक्सएल सिक्सको अपग्रेडेड अर्थात् फेसलिफ्ट भेरियन्ट लन्च गरे तयारी गरेको छ ।
नेक्स्ट जेनरेसन मारुती सुजुकी सेलेरियो
मारुती सुजुकीले आफ्नो अफर्डेबल ह्याचब्याक कार मारुती सेलेरियोको अपग्रेडेड भेरियन्ट लन्च गर्दै छ जुन हाल विद्यमान मोडलको तुलनामा अझ आकर्षक मात्र हुने छैन यसको फिचर अझ बढी र लेटेस्टसमेत हुनेछ ।
अपकमिङ सेलेरियोमा बेस्ट सेलिङ ह्याचब्याक भेगनआरको जस्तै १.२ लिटरको पेट्रोल इन्जिन रहनेछ जसले ८३ बीएचपीसम्मको पावर जेनरेट गर्न सक्छ । नयाँ सेलेरियो ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सका साथ आउनेछ । न्यु जेनरेसन सेलेरियोमा स्मार्टफोन कनेक्टिभिटीका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टी स्टियरिङ ह्विलसमेत अन्य नयाँ फिचर्स जडान गरिनेछ ।
मारुती सुजुकी एक्सएल सिक्स
लोकप्रिय एसयूभी मारुती सुजुकी एक्सएल सिक्सको अपग्रेडेड भेरियन्ट सुधारिएको लुक र थप फिचर्सका साथ आउनेछ । यो कार सन् २०२२ को प्रारम्भतिरै लन्च हुने बताइँदै छ । यो हालको मोडलको सातसिटे भेरियन्ट हुनेछ । यसमा हालको एक्सएल सिक्सको तुलनामा केही कस्मेटिक परिवर्तन गरिँदै छ ।
न्यु मारुती सुजुकी भिटारा ब्रिन्जा
मारुती सुजुकीले आफ्नो बेस्ट सेलिङ मिड साइज एसयूभी मारुती सुजुकी भिटारा ब्रिन्जाको पनि नेक्स्ट जेनरेसन मोडल लन्च गर्नेछ । यसको सीएनजी भेरियन्टसमेत तयार हुँदै छ । अपकमिङ भिटारा ब्रिजाको डिजाइन र फिचर्समा पनि निकै परिवर्तन आउने बताइएको छ । अपकमिङ भिटारा ब्रिजालाई लिएर मारुती सुजुकी कम्पनी उत्साही र आशावादी देखिएको छ ।
प्रतिक्रिया