सोमबार, असार १६, २०८२

विषाक्त मदिराका कारण रुसमा १४ जनाको मृत्यु

नेपालखोज २०७८ असोज २२ गते १४:२८

काठमाडाैं । विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना बिरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ वर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाइ छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ । रासस/एएफपी

प्रतिक्रिया