कांग्रेस प्रतिनिधिमण्डल र भाजपाबीच भेटवार्ता

नेपालखोज २०७८ असोज २२ गते २२:०८

दिल्ली । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंहसहितका नेताहरूसँग भेटवार्ता गरेको छ ।

बिहीबार भारत भ्रमणमा निस्किएको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले शुक्रबार नयाँदिल्लीस्थित भाजपाको मुख्यालयमा भाजपाका नेताहरूसँग दुई मुलुकबीचको सम्बन्धका विषयमा छलफल गरेका हुन् । भेटमा नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा पनि छलफल भएको सह–महामन्त्री डा महतले बताएका छन् ।

यस अघि कांग्रेसको प्रतिनिधिभण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेको थियो । भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको महतले जानकारी दिए ।

प्रतिक्रिया