रूपन्देहीमा झडप हुँदा चार जनाको मृत्यु , ४६ घाइते
नेपालखोज
२०७८ असोज २५ गते ७:१७

काठमाडौं । रूपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा चार जनाको मृत्यु भएको छ । जग्गा विवादमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको हो ।
झडपमा परी ४६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ सर्वसाधारण र ३० सुरक्षाकर्मी रहेका छन् । सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका १४ र सशस्त्र प्रहरी बलका १६ जना घाइते छन् ।
मृतक मध्ये यो समाचार तयार पार्दा सम्म १ जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका–१० का ४८ वर्षीय रमेश परियार रहेका छन् । हिजो दिउँसो १ बजेबाट झडप सुरु भएको थियो ।
सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि बाध्य भएर गोली चलाउनुपरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया