मंगलबार, वैशाख ३०, २०८२

घान्द्रुकमा भएको जिप दुर्घटनामा घाइते भएका आठै जनाको निधन

नेपालखोज २०७८ असोज २५ गते १७:०१

कास्की । कास्कीको घान्द्रुकमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका आठै जनाको निधन भएको छ । ग१ज ६९०० नम्बरको जिप कलाभीरबाट मोदी खोलामा खसेको थियो ।

उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो । पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।

स्थानीय अमित गुरुङकाअनुसार जिपमा ९ जना सवार थिए । एक जनाको अवस्थामा भने सामान्य रहेको छ । घान्द्रुकको कलाभिरमा जिप दुर्घटना भएको उनले बताए ।

प्रतिक्रिया