राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

नेपालखोज २०७८ असोज २५ गते २१:१९

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया