दसैँघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)

नेपालखोज २०७८ असोज २६ गते १८:५०

काठमाडौं । गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दसैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसैँमा भित्र्याइएको हो ।

आज बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दसैँघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दसैँघरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।

तस्बिर : रासस

प्रतिक्रिया