मुख्य प्रशिक्षक अल्मुताइरीले गरे पद त्यागेको घोषणा
नेपालखोज
२०७८ असोज २७ गते १९:५७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका छन् ।
बुधबार बंगलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । उनी माल्दिभ्सबाट सिधै कुवेत जानेछन् ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया