शुक्रबार, जेठ ३, २०८२

१ अमेरिकी डलरको १२० रुपैयाँ ७२ पैसा, यस्तो छ विदेशी मुद्राको विनिमय दर !

नेपालखोज २०७८ असोज ३० गते ११:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ३० गते अर्थात् आज (शनिबार) का लागि प्रतिएक अमेरिकी डलरको बिक्री मूल्य १२० रुपैयाँ ७२ पैसा तोकेको छ । यस दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुले खरिद गर्ने प्रतिएक अमेरिकी डलरको खरिद मूल्य भने १२० रुपैयाँ १२ पैसा तोकिएको छ ।

‘बैंकहरुले आफूले खरिद गरेको परल मूल्यमा केही प्रतिशत कमिसन राखेर सर्वसाधारणलाई डलर बिक्री गर्ने हुँदा आज शनिबारका लागि प्रतिएक अमेरिकी डलरको बिक्री मूल्य १२० रुपैयाँ ७२ पैसा तोकिएको हो,’ नेपाल राष्ट्र बैंकले भनेको छ । यद्यपि तोकिएको यो मूल्यमा पनि वाणिज्य बैंकहरुमा केही फरक हुन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी आजको प्रतिएक युरोको बिक्री मूल्य भने १४० रुपैयाँ १९ पैसा तोकिएको छ । यस दिनका लागि प्रतिएक युरोको खरिद मूल्य भने १३९ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार यस दिनका लागि प्रतिएक पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रीदर १६५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

प्रतिएक अस्ट्रेलियन डलरको खरिददर भने यस दिनका लागि ८९ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रीदर ८९ रुपैयाँ ६० पैसा तोकिएको छ । यसैगरी क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर ९७ रुपैयाँ ८० पैसा तोकेको छ ।

यस्तो छ राष्ट्र बैंकले आज शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर :

प्रतिक्रिया