तनहुँबाट देखिएको अन्नपूर्ण हिमालको मनमोहक दृश्य (फोटो फिचर)

नेपालखोज २०७८ असोज ३० गते १६:०७

तनहुँ । तस्बरमा तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरबाट देखिएको अन्नपूर्ण हिमाल हो। मौसम खुलेको बेला यहाँबाट मनमोहक हिमालको दृश्य देख्न सकिन्छ ।

अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ । यसमा रहेको एक हिमालयको उँचाई ८ हजार मिटर (२६,००० फिट) रहेको छ त्यस्तै यस समूहको तेह्र वटा हिमालको उँचाई ७ हजार मिटर (२३,००० फिट) रहेको छ ।

यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालिगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले छोएको छ ।

यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो । यो हिमालको उँचाई ८,०९१ मिटर रहेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया