टी–२० विश्वकप क्रिकेट : ओमानको विजयी सुरुवात
नेपालखोज
२०७८ कार्तिक १ गते ६:३१

काठमाडौं । ओमानले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा विजयी यात्रा सुरुआत गरेको छ ।
पहिलो चरण अन्तर्गत आइतबार भएको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १० विकेटले पराजित गर्दै ओमानले सुखद सुरुआत गरेको हो ।
अल अमारत स्टेडियममा पीएनजीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले १३ ओभर ४ बलमा विना विकेटको क्षतीमा पूरा गर्यो ।
ओमानको सानदार जितमा ओपनरद्वय जतिन्दर सिंह र अकिब इल्यासले अर्धशतकीय इनिङ्स खेले ।
जतिन्दरले अविजित रहदै ७३ रन बनाए । अकिब ५० रनमा अविजित रहे ।यस अघि पहिले ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो ।
सम्बन्धित
प्रतिक्रिया