मंगलबार, वैशाख ११, २०८१

भुस्याहा कुकुरहरू !

रामप्रसाद खनाल २०७८ कार्तिक २ गते ७:३४

कहिले एकाएक मिले जस्तो नाटक गर्छन्
कहिले एकाएक भिडे जस्तो नाटक गर्छन्
कहिले आ-आफैं झम्टेर टोकाटोक गर्छन्
कहिले किट्दै दाह्रा दुवैले ठोकाठोक गर्छन्
हाम्रो गाउँका दुई महा-भुस्याहा कुकुरहरू !
दुवै कुकुरहरुका छाउराहरू पनि के कम,
पछि लाग्दै हिड्छन, हाउ हाउ गर्दै भुक्छन्
उनका भुस्याहा माउँहरु मिले जस्तो गर्दा,
पुच्छर लुकाउँदै कता जान्छन् जान्छन्,
देखिन्नन् लुक्छन् !
माउँहरु लड्दा,
भुस्याहा छाउराहरु पनि भुक्छन !
कुकुर तिहार एकदिन आउँथ्यो पहिले,
अहिले बर्सै भरी !
राम्रा भए पो पाल्नु,
भुस्याहा कुकुरहरू पाल्नु के गरी
सोझा परे हाम्रा गाउँलेहरू,
हान्दैनन् दाउराले पनि !
त्यही भएर टेर्दैनन्,
भुस्याहा माउँ र छाउराले पनि !

प्रतिक्रिया