बिहीबार, वैशाख २७, २०८१

बाँचुन्जेल तिमीसँगै कुरा गर्न पाए पुग्छ !

अनोज घिमिरे २०७९ साउन १९ गते ११:४७

बाँचुन्जेल तिमीसँगै कुरा गर्न पाए पुग्छ
अञ्जुलीमा तिम्रो माया सधैं भर्न पाए पुग्छ
संसारको सारा खुसा मेरा लागि केही होइन
जहाँ जान्छौं तिमी त्यहीँ मैले सर्न पाए पुग्छ !

जिन्दगीका अफ्ठ्यारा ती मोड अनि जंघारहरु
तिम्रै हात समाएर सधैं तर्न पाए पुग्छ
विधिको त्यो विधानमा भागबन्डा लाग्छ भने
युगौं युग मेरो भागमा तिमी पर्न पाए पुग्छ !

खुसी छु म जिन्दगीमा अरु केही चाह छैन
अन्तिम इच्छा तिम्रै काखमा हाँस्दै मर्न पाए पुग्छ !!

प्रतिक्रिया