बुद्ध र यती एयरलाइन्सको उडान रद्द

नेपालखोज २०७८ कार्तिक ३ गते ८:५१

काठमाडौं । बुद्ध र यती एअरलाइन्सको उडान रद्ध भएको छ । विराटनगर विमानस्थल जलमग्न भएकोले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरिएको हो ।

उडान रद्ध हुँदा गन्तव्यमा पुग्ने यात्रु अलपत्र परेका छन् । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

खराब मौसमका कारण मंगलबार (हिजो) पनि १ सय आन्तरिक उडान रद्ध गरिएको थियो ।

प्रतिक्रिया