शनिबार, वैशाख १५, २०८१

करिश्माले ओली भेटेपछि के भयो ?

नेपालखोज २०७८ कार्तिक ४ गते १२:४१

काठमाडौं । जितबहादुर नेपाल अर्थात् हास्य कलाकार जितु नेपालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अभिनेत्री करिश्मा मानन्धरको भेटपछि फोटोसहित एउटा पोस्ट गर्दै केही कुरा लेखे । नेपालको उक्त फेसबुक पोस्टमा छोटो समयमै ५.७ के लाइक मात्र आएन त्यसमा ६८७ वटा टिप्पणी पनि भएको छ । हेरौं, कलाकार नेपालको पोस्ट अनि त्यसमा आएका केही रोचक प्रतिक्रिया :

जितु नेपालको टिप्पणी
अब यो फोटोले कस्ता-कस्ता समाचार बन्ने हो, टीकाटिप्पणी हुने हुन् थाहा छैन । तर खास कुराचाहिँ यत्ति हो कि, एक वरिष्ठ नायिकाले आफ्नो पढाइलाई निरन्तरता दिई परीक्षा दिँदै गर्दाको अवस्थामा हौसला र बधाई दिनका लागि सम्माननीय पूर्वप्रम तथा नेकपा एमालेका अध्यक्षज्यूले फोन गर्नु भएको थियो जसको साक्षी स्वयं म पनि थिएँ । त्यो कुरा करिष्मा दिदीले आफ्नो फेसबुकमा लेख्दा उक्त कुराले ठूलै चर्चा पाएको थियो । आज आदरणीय माननीय कोमल वली दिदीसहित पूर्वप्रम तथा एमालेका अध्यक्षज्यूको निवास बालकोटमा भेटघाट र प्रत्यक्ष गफगाफ भयो । आफूलाई भेट्न आउने जो कोहीलाई पनि स-सम्मान आदरपूर्वक खुलेर कुरा गर्ने र महत्त्व दिने पूर्वप्रम तथा नेकपा एमालेका अध्यक्ष आदरणीय केपी ओलीज्यूको व्यवहारबाट प्रभावित भएँ । नेपाली कलाकार गीत-संगीत र श्रष्टाप्रति सधैं माया,सद्‌भाव, चासो र जानकारी राख्नुहुने पूर्व प्रमज्यूलाई मनैदेखि हार्दिक नमन ।

कमेन्ट बक्समा आएका केही टिप्पणी
छवि सुवेदी
ल, पहिलै किन डराएको । फजसले जसरी अर्थ लगाउन पनि पाइहाल्छ नि ब्रदर ।

रामशरण कोइराला
बल्ल सही मान्छेलाई कमेडी क्लबमा स्वागत ।

नेत्रराज सुवेदी
हास्यकलाकारहरुको भेट सधैं भइराख्न पर्छ । एकदिन गएर छोड्ने हैन ।

युवराज केसी
मीतज्यूसँग भेटघाट हुनु राम्रो हो ।

तुलसी बस्नेत
ओली कमरेड इमानदार पार्टीका कार्यकर्ताभन्दा यस्तै रमझम र सेलिब्रिटीमा मन खोल्ने नेता परे । बूढालाई अब कमेडी क्लबकै अध्यक्ष बनाए राम्रै टीआरपी मिल्ने थियो ।

दुर्गा किरण तिवारी
अनावश्यक कुरा गर्नुभयो जितु ।

अम्बिकाप्रसाद बन्जारा
यस्ता विवादास्पद विषय र राजनीति जोडिएको फोटा मोबाइलमै राख्नुस् बेलाबेला हेर्नु र आनन्द लिने हो दाजु पोस्ट हानी हाल्ने होइन ।

माधव पौडेल
सबै कलाकार एकै ठाउँमा भन्नलान् कि अंकल ।

सनत नेम्वाङ
बूढाले कतिका टुक्का हाने त ? जितु भाइ ।

एडी शेर्पा
यसलाई भनिन्छ नेपाल र ओली मिलेको ।

नेत्रराज सुवेदी
हास्यकलाकारहरुको भेट सधैं भैराख्न पर्छ । एक्दिन गएर छोड्ने हैन ।

मनोज यादि
कमेडियन कमेडियनको भेट भएछ गज्जब..

पर काश
राष्ट्रिय कलाकारहरू एकै ठाउँमा देख्न पाउँदा हामी खुसी छौं हजुरहरूबाट अझै भरपूर मनोरञ्जन लिन पाइयोस् शुभकामना ।

भुवन के घिमिरे
मून्द्रे-छूचून्द्रे सबै एमाले भन्न खोज्नु भको जस्तो छ ।

अस्तमान तामाङ
त्यसै बा भन्या हो त केटाकेटीहरुलाई यसरी माया गर्ने भए नै बा भाका हुन् ।

महाराज हरिश
आलुजस्तो कुरा, कुनचाहिँ ठूलो कुरो हो र एक गफाडीले अर्को गफाडीलाई भेट्नु !!

युवराज सुवेदी
तपाईंको सो को लागि उपयुक्त व्यक्ति हुनुहुन्छ वहाँ… जसका हरेक बोली हावामा उड्छन् सबै जनता हास्छन् । कृपया प्रस्ताव गर्नुहोला ।

अनुप राउत
कमेडी कमेडीको कमेस्ट्री मिलेछ ।
अब केही हुन्छ । सायद छिटै नेपालीले चन्द्रमामा नयाँ जग्गा अधिग्रहण गर्न पाउनेछन् ओलीको आदेशमा ।

दीपु दीपेन्द्र
तिम्रो कमेडी सो मा बोलाऊ हो तिम्लेभन्दा खतरा खतरा जोक हान्छन् अनि तिम्ले दश सो मा कमाउने रकम एक सो ले कमाउँछौ ।

अभि शाह
अब मुन्द्रेको कमेडी क्लब ओलीज्यूलाई चलाउन दिनुस् । तपाईंले भन्दा बढी उहाँले हसाउनुहुन्छ ।

प्रतिक्रिया