आकाश खुलेपछि देखिएको भक्तपुर दरबार क्षेत्रको दृश्य (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ६ गते १३:५८

भक्तपुर । भक्तपुर दरबार क्षेत्र (नेपालः ख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १ हजार ४ सय मिटरको उचाइमा रहेको यो दरबार क्षेत्र युनेस्को विश्व सम्पदा क्षेत्र भित्र पर्छ ।

पर्यटकीय क्षेत्र भक्तपुर दरबार भक्तपुर नगरपालिकामा पर्छ । यो दरबार क्षेत्र काठमाडौंबाट १३ किलोमिटर पूर्वमा छ । शान्त स्थानमा रहेको यो क्षेत्र घुम्न लायक क्षेत्र मध्ये एक हो ।

दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र) छन् ।

यो काठमाडौं उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो । आज शनिबार घुम्न लायक स्थान मध्ये एक भक्तपुर दरबार क्षेत्रलाई फोटोमा हेरौं ।

प्रतिक्रिया