‘पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गराैं’

काठमाडाैं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए ।
नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ’, उनले भने । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गर्नुभयो ।
‘लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।
कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए । पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उनको भनाइ थियो ।
सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया