मौसममा सुधार हुँदै, पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव

नेपालखोज २०७८ कार्तिक ७ गते ६:५१

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले वर्षाको मात्रा घटेको छ । ।

आज देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा फाटफुट वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । अज उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । बागमती र प्रदेश १ का केहि स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया