सर्वोच्च अदालतका न्यायाधीशद्वारा इजलास बहिस्कार, भोलि प्रधानन्यायाधीशलाई भेट्ने
नेपालखोज
२०७८ कार्तिक ८ गते १४:५१

काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी बहिष्कार गर्दैै न्यायाधीशहरु इजलास नगएका हुन् ।
फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई संयुक्त रुपमा भेट्ने भएका छन् ।
नेतृत्वसँग असन्तुष्ट न्यायाधीशहरुबीच भएको छलफलमा भोलि साढे ११ बजे सबैले भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो ।
सम्बन्धित

प्रतिक्रिया