राष्ट्रिय सभाकाे निर्वाचन मिति छिट्टै तोकिने

नेपालखोज २०७८ कार्तिक ८ गते १५:३९

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि र प्रदेशसभामा रिक्त रहेको ४ पदको उपनिर्वाचन गर्ने विषयमा छलफल भएको छ ।

आज भएको छलफलमा प्रधानमन्त्रीले फागुन १९ गतेबाट रिक्त हुने राष्ट्रिय सभाका २१ सदस्यको मिति छिट्टै तोक्ने बताएका छन् ।
 

प्रतिक्रिया