सोमबार, वैशाख १५, २०८२

पाँचथर बस दुर्घटना : घाइतेको हेलिकाेप्टरबाट उद्धार

नेपालखोज २०७८ कार्तिक ८ गते १९:४७

पाँचथर । पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकाेप्टरमा आज साँझ उद्धार गरिएको हो ।

सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पुर्‍याएको हो । घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पु¥याइएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

फिदिमस्थित समर्पित अस्पतालमा नौ तथा पाथीभरा अस्पतालमा आठ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया