नेपालकाे कृषिलगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

नेपालखोज २०७८ कार्तिक ८ गते २१:५३

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिलिस बुरबाआले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका हुन् ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत गिलिस बुरबाअलाई आग्रह गरे ।

कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुर्‍याएकोले त्यसको पुनर्निर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ ।

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

प्रतिक्रिया