अफगानिस्थानमा भाेकमरीकाे अभूतपूर्व संकट, यूएनले दियाे चेतावनी

काठमाडाैं । तालिवानकाे कब्जा पछि अफगानिस्तानकाे बारेमा अन्तर्राष्ट्रिय समाचारमा आइरहेकाे छ की त्यहाँ, भाेकमरी र बेरोजगारी एउटा ठुलो चुनौती र समस्या बनेर अगाडि आएको छ ।
संयुक्त राष्ट्र संघका एजेन्सीहरुका अनुसार आउने दिनहरुमा करिब २२ मिलियन मानिस भाेकमरीकाे प्रत्यक्ष मारमा पर्नेछन् । संयुक्त राष्ट्र संघका एजेन्सीहरुले आज सोमबार दिएकाे जानकारी अनुसार याे जाडाे सुरु हुनुअघि नै पहिले देखि नै अस्थिर देश अफगानिस्तानका जनताले गम्भिर खाद्य असुरक्षाकाे सामना गर्नुपर्नेछ ।
यसक्रममा उनीहरुले संसारकै सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने हुनसक्छ । जाडाेमा भाेकमरीकाे खतरा विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेविड बेस्लीका अनुसार याे जाडाेमा लाखाैं अफगानिका लागि प्रवास पलायन वा भाेकमरीबाहेक अरु विकल्प बाँकी रहने छैन ।
यस्तो अवस्थामा उनीहरुका लागि जीवन रक्षक सहायताकाे आवश्यकता पर्नेछ । विश्व खाद्य कार्यक्रमका अधिकारीका अनुसार याे संकट पहिले यमन तथा सीरियामा देखिएकाे संकटको तुलनामा ठुलाे हुनेछ भने कंगोबाहेक अरु कुनै पनि मुलुककाे खाद्य आपात्कालभन्दा खराब स्थिति सृजना हुनेछ ।
विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेविड बेस्लीले भनेका छन, ‘अफगानिस्तानमा अब संसारकै सबैभन्दा खराब मानवीय संकटकाे खतरा छ । देशकाे खाद्य व्यवस्था पूरै ध्वस्त भएकाे छ । हामी विनासकाे उल्टाे गिन्तिमा छाैं । यदि हामीले अहिले पनि कुनै कदम चालेनाैं भने हाम्रा अगाडि विपत् मात्र बाँकी रहनेछ ।’
विश्व खाद्य कार्यक्रम एवं संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनद्वारा जारी वक्तव्य अनुसार, दुई जनामध्ये एक अफगानी नागरिक भोजनकाे कमीकाे समस्यामा पर्ने दिन धेरै टाढा छैन ।
अफगानिस्तान लामाे समयदेखि गृहयुद्ध र आन्तरिक द्वन्दमा फस्दै आएको छ । यस क्रममा अहिले याे देश भाेकमरी, बेरोजगारी, ब्लाकआउट, वित्तीय प्रवन्धन जस्ता समस्यामा फसेकाे छ ।
यसका साथै अफगानिस्तानले पछिल्लो एक दशकमा सबैभन्दा खराब चिसाेकाे पनि सामना गर्नु परेकाे छ । गएकाे अगस्तमा कट्टरपन्थी इस्लामिक संगठनले अमेरिका समर्थित शासकहरुलाई सशत्र विद्रोहबाट लघारेपछि अफगानिस्तान अन्तर्राष्ट्रिय सहयाेगबाट पनि बन्चित रहँदै आएको छ ।
अफगानिस्तानका वर्तमान शासकहरु प्रति सहानुभूति देखाउने चीन, पाकिस्तान, रुस तथा टर्कीले पनि त्यहाँकाे स्थितिमा केही खास सुधार ल्याउने छाँट देखिएकाे छैन ।
प्रतिक्रिया