सुडानमा ‘सैनिक कू’ विरुद्धको प्रदर्शनमा गोली चल्यो, ७ जनाको मृत्यु
नेपालखोज
२०७८ कार्तिक ९ गते ६:४९

खार्तुम । सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ७ जनाको ज्यान गएको छ । करिब १४० जना घाइते भएका छन् ।
सत्ता कब्जाको विरोधमा प्रदर्शन गरेकाहरूको भीडमा सैनिकले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो ।
राजनीतिक दलका नेताहरूलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपतकालीन अवस्था घोषित गरेको छ ।
सेनाले गरेको सत्ता कब्जाको विश्वभरबाट विरोध भइरहेको छ । अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया