सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशलाई भेट्दै, न्यायिक नेतृत्वको समस्याका बारेमा छलफल हुने
नेपालखोज
२०७८ कार्तिक ९ गते ९:४३

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (मंगलबार) बिहान साढे ११ बजे भेट्ने भएका छन् । भेटमा न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल हुने बताइएको छ ।
भेटघाटको विषयवस्तु तय गर्न सोमबार (हिजो) सर्वोच्च अदालतका १३ जना न्यायाधीश छलफलमा जुटेका थिए । प्रधानन्यायाधीश जबरालाई संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागु गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया