‘भूमिहीनको व्यवस्थापन हुन्छ’

नेपालखोज २०७८ कार्तिक ९ गते १२:३९


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।

कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा उनले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने जानकारी दिइन् । उनले भनिन् ‘जनताले संबिधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।’

लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदै जनताका पक्षमा कामगर्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया