सोमबार, वैशाख १५, २०८२

नेपाल सेवा र विन लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृती

नेपालखोज २०७८ कार्तिक ९ गते १६:५४


काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्धुपाल्चोकको फटकसिलामा केन्द्रिय कार्यालय रहेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्था र धादिङको गल्छीमा केन्द्रिय कार्यालय रहेको विन लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभ्ने, गाभिने प्रकृिया (मर्जर) को लागि अन्तिम स्वीकृती प्रदान गरेको छ ।

यीदुबै संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार गाभ्ने, गाभिने प्रक्रयाको लागि अन्तिम स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मर्जरको लागि आ आफ्नो संस्थाले साधारण सभाबाट निर्णय गरेबमोजिम नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम हुने सेयर स्वाप अनुपा १ः०.७५ हुनुपर्ने छ ।

मर्जरको लागि राष्ट्र बैंकले दिएको अन्तिम स्वीकृती अनुसार गाभिर कायम हुने एकीकृत संस्थाको कार्यालय मेलम्ची नगरपालिका वडा नम्वर १३ सिन्धुपाल्चोकमा राख्नु पर्ने छ ।

प्रतिक्रिया