लुम्बिनी विकास बैंकद्वारा १३ दशमलव ७१ प्रतिशत लाभांश घोषणा
नेपालखोज
२०७८ कार्तिक ९ गते १७:०७

काठमाडौं । लुम्बिनी विकास बैकले १३ दशमलव ७१ प्रतिशत अर्थात ३९ करोड ८५ लाख ३२ हजार ९ सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको यही कात्तिक ८ गते बसेको सन्चालक समितिको ४ सय सातौं बैठकले गत आर्थिक वर्षको मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार पाँच सय ४९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश मध्येमा १० प्रतिशत अर्थात २९ करोड छ लाख ४५ हजार ३ सय रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव ७१ प्रतिशत अर्थात १० करोड ७८ लाख ८७ हजार पाँच सय ५५ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
लाभांश वितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
सम्बन्धित
प्रतिक्रिया