शनिबार, जेठ ४, २०८२

सुन-चाँदीकै मूल्य घट्यो !

नेपालखोज २०७८ कार्तिक १० गते ११:१०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ ।

आज तेजावी सुन ६ सय रूपैयाँले नै घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया