शुक्रबार, जेठ ३, २०८२

उपमेयर कप राष्ट्रिय महिला फुटबल : गैँडाकोट विजयी

नेपालखोज २०७८ कार्तिक १० गते १५:०३

काठमाडौं । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटौडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुवात गरेको हो । गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औं मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।

जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अंक जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १० समूहमा विभाजन गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । रासस

प्रतिक्रिया