चाैबीस घण्टामा ६७२ संक्रमित थपिए, ४९५ जना संक्रमणमुक्त
नेपालखोज
२०७८ कार्तिक १० गते १७:०४

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधिमा काेराेना संक्रमणमुक्त हुनेको संख्या ४९५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न स्वास्थ्य संस्थामा गरिएकाे ७ हजार १६७ जनाकाे पीसीआर परीक्षणबाट ५८२ र २ हजार ३२८ जनाकाे एन्टिजेन परीक्षणबाट ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चाैबीस घण्टामा काेराेनाका कारण ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया