वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि दिउँसो ३ बजेसम्मकाे समय

नेपालखोज २०७८ कार्तिक १० गते १७:१९

काठमाडाैं । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा बिहीबार दिउँसो ३ बजेभित्र प्रदेश प्रमुखको कार्यालसमक्ष मुख्यमन्त्री बन्नका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले संविधानको धारा एक सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन् ।

बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न भोलि दिउँसो ३ बजेसम्मकाे समय दिइएको छ ।

प्रतिक्रिया