शनिबार, जेठ ४, २०८२

सुनकाे मूल्य ४ सय रूपैयाँले बढ्याे

नेपालखोज २०७८ कार्तिक ११ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य ४ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेकाे छ ।

आज तेजावी सुन ४ सय रूपैयाँले नै बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो पनि साेही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया