संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्छ : गिरिराजमणि पोखरेल
नेपालखोज
२०७८ कार्तिक ११ गते २०:५९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पोखरेलले संसदलाई सुचारु रुपमा चलाउन सभामुख र जनप्रतिनिधिको पहलको आवश्यक रहेको बताएका छन् ।
उनले कोरोना, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकोले संसद सुचारु गर्न सबैको सहजता आवश्यक रहेको बताए ।
संसद पोखरेलले भने, ‘कोरोना, निर्वाचन, चाडबाडको बेला छ, लिपुलेक, लिम्पियाधुरधाको समस्या त्यत्तिकै छ, एमालेले लगातार संसद अवरोध गरिरहेको छ, यसरी कसरी निकास मिल्छ ? जनताका समस्या जहाँको त्यहीँ छन् ।’ सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया