जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा आज स्कटल्यान्ड जाँदै
नेपालखोज
२०७८ कार्तिक १२ गते ६:३१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्कटल्यान्ड जाँदैछन् ।
स्कटल्यान्ड ग्ल्यास्गोमा आइतबारदेखि सुरु हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) मा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यस तर्फ जान लागेका हुन् ।
जलवायुसम्बन्धी सम्मेलनमा नेपालले उच्चस्तरीय प्रतिनिधित्व गर्दै आएको छ । संसारभरि यसको प्रभाव बढिरहेको र नेपालले पनि गहन तयारीसाथ सहभागिता जनाइरहेको सरकारी अधिकारीहरूको दाबी छ ।
जलवायु परिवर्तनको प्रभावस्वरूप एक शताब्दीमा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । शिखरमा हिउँ पग्लिने क्रम यसरी बढेको छ कि, सिजनमा पनि हिमाल नाङ्गा देखिन थालेका छन् । यो विषयमा नेपालले सम्मेलनमा कुरा राख्ने छ ।
सम्बन्धित

प्रतिक्रिया